• Email: info@kapilvastusamaj.co.uk
  • Phone: 0123456789

स्थानीय क्षेत्रमा नै आफ्नो नेपाली एमआरपी बनाउन Machine Readable Passport चारसय भन्दा बढीको सहभागीता


बिशेष गरेर नेपालीहरुको बढी घनत्व बेलायतको दक्षिण पूर्व लण्डनमा रहेको छ यसै तथ्य लाई मध्य नजर गरी नेपाल फोरम ग्रीन्विचको आयोजना र कपिलबस्तु समाज यूके को सहकार्यमा यहि  डिसेम्बर १४ तारिख २०१४ का दिन Lotus Club, 16-18 Burrage Road, Woolwich, SE18 7LH मा बिहान ठिक ९ बजे बाट बेलुका ५ बजे सम्म, स्थानीय क्षेत्रमा बसोबास गर्ने गैर आबासिय नेपालीहरुको एमआरपी Machine Readable Passport बनाउने सम्बन्धि प्रक्रियाको काम नेपाली दुतावास बेलायतका अधिकृतहरुको उपस्थितिमा सम्पन्न भयको थियो | विभिन्न संघ संस्थामा अगुवाई गरिरहनु भएका समाजसेबी महानुभाब हरुले आफ्नो पहुँचमा रहेका गैर आबासिय नेपालीहरुलाई सो सुबिधा लिनको लागि जानकारी गराई  आफु समेत उपस्थित भइ सेवा लिएका थिए|

 

साथै वृद्ध, बालबालिका, र असक्त-अपाङ्गहरुको लागि प्राथमिकताका साथ सेवा उपलब्ध गराइएको थियो । उक्त MRP बनाउनका लागी चार सय भन्दाबढी मानिसको सहभागइता रहेको थियो ।   उक्त कार्यक्रम बिहान १० बजे देखी बेलुका ५ बजे सम्म सन्चालना गरियको थियो ।

Notice Board


२५६३औं बुद्ध जयन्ती :

बुद्ध फाउन्डेशन यू के र कपिलबस्तु समाज यू के को सयूक्त आयोजना तथा नेपाली राजदुताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्य तथा सम्पूर्ण बेलायत स्थीत संघ संस्था तथा ब्यक्तिहर...


View Details